पूर्वाञ्चल खबर
क्लासिक टेकले रात्रीकालिन फिल्ड सर्पोट सेवा ६ महिनाबाट अधिकांश सहरहरुमा परिक्षण गरिरहेको र यसलाई प्रथिकमिकता दिदै कम्पनीले ८ सय जना कर्मचारी थप गरि देश भरि सञ्चालनमा ल्याएको हो ।
ग्राहकले २४ चौबिसै घण्टा फिल्ड सर्पोट सेवा पाउनको निमित्त कम्पनीले ग्राहकलाई कम्प्लेन टिकेट रजिस्टर भएपछि ग्राहकको अनुरोधमा राती १० बजेसम्म सेवा दिने र आगामी दिनमा यसलाई अजै बडाउन सकिने क्लासिक टेकले जनाएको छ । यो गर्नु को मुख्य उदेश्य ग्राहक लाई २४ चौबिसै घण्टा सेवा दिनु हो साथै क्लासिक टेकले कस्टमर सर्भिसमा प्रथिकमिकता दिदै आएको छ ।
अब ग्राहक कम्प्लेन रजिस्टर भएको २ घण्टा भित्रमा कम्पनीले यो सेवा दिन सकिने बताएको छ । कम्पनीले ग्राहकको कम्प्लेन रजिस्टर भएर आफ्नो कारणबाट ग्राहकलाई समय मा सर्पोट दिन नसकेकोमा समय फिर्ता क्षतिपूर्ति दिदै आएको छ ।