animated ellipse animated ellipse

मोरङको रतुवामाई र उर्लाबारीमा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय त्रसित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०८०, बिहीबार १५:२७
387
Shares
विराटनगर /मोरङको रतुवामाई र उर्लाबारी नगरपालिकामा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्ना टोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्टनिर्माण हुँदै हात्ती हुल आज विहानै प्रवेश गरेपछि स्थानीय त्रसित भएका हुन ।

९ वटा जंगली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयका अनुसार आज विहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ गएको हो ।

प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी ८ को कदम टोली प्रवेश गरेको छ । उर्लाबारी ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदै छ ।

हात्तीले कुनै मानवीय र धनजनको क्षति भने गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर