AArya
RUMPUM
animated ellipse animated ellipse

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेड जित्छन् : सदस्य सचिब वाग्ले

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ भाद्र २०७९, शुक्रबार १७:०७
108
Shares
विराटनगर / खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्यी सचिव हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् ।

प्रदेश १ आइटिएफ तेक्वाण्डो संघको विराटनगरमा आज भएको दास्रो अधिवेशनको उदघाटन शत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा खेलमा भन्दा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले गोलमेड जित्ने भएकोले यस खेलमा प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको उनले बताए । प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागि भइ मेडल जितेर ल्याउने खेलाडीहरुलाई विगतमा भन्दा यसपटक नगदसहित विशेष सम्मान गरिने उनले बताए ।

कार्यक्रममा खेलकुद विकास वोर्ड प्रदेश १ का सदस्य शैलेश बिष्टले एक घर एक खेलाडी उत्पादन अभियानलाई बनाएर खेलकुद क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले राष्ट्रिय चिनाउने खेलकुद क्षेत्र भएकोले यसको विकास गरेर लैजानुपर्ने बताए ।

प्रदेश १ आइटिएफ तेक्वाण्डो संघको अध्यक्षमा प्रविणकुमार कार्की तेक्वाण्डो खेलको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । राज्यले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट बिनायोजन नगरेको कारण खेल क्षेत्रपछि परेको उनले बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रमा प्रयाप्त बजेट छुटयाएर यस क्षेत्रको विकास गरेर अगाडी बढनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर