खबर पूर्वाञ्चल
महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूलनाराका साथमहिला संघले देशैभर जनचेतना मुलक अन्तर क्रियालगायतका कार्यक्रम गरेको छ । सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार्यवहाक सभापति भक्तिनाथ माझीले महिला संघले नेपालको राजनीति परिवर्तनका साथै महिलाहरुको हक, अधिकार स्थापित गर्न खेलेको भूमिकाको चर्चा गरे ।
विक्रम संवत २००४ सालमा स्थापित महिला संघले महिलाहरुको हक अधिकारको मात्र कुरा नगरेर हरेक तह र तप्कामा महिलाहरुको समानुपातिक समावेशीता अनिवार्य हुनुपर्ने सवाल उठाउँदै आएको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत मात्र नभएर ५१ प्रतिशतमहिलाभएको देशमा ५० प्रतिशतमहिलाहरुको समावेश हुनुपर्ने कुरा उठाउँदै आएको छ ।