खबर पूर्वाञ्चल
कार्यक्रमको शुरुमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका विद्यार्थीहरु बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए त्यसपछि कक्षा ६ का छात्र अनुभव पौडेल र कक्षा १० की छात्रा श्रीशा नेपालले बुद्धको जीवनीसँग सम्बन्धित कविता वाचन गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गौतम बुद्घले दिएका सुखी जीवनसँग सम्बन्धित सन्देशहरु जस्तै सधै सत्य बोल्ने, जीवजन्तुको हत्या नगर्ने, मिलेर बस्ने आदि कुराको सन्देश दिइएको थियो । कार्यक्रमको क्रममा कक्षा ८, ९ र १० का छात्राहरुको ‘ फूलको आँखामा ’ बोलको र कक्षा ९ का छात्रहरुले ‘धर्म’ बोलको गीत गाएका थिए भने कक्षा ५, ६ , ७ र ८ का छात्राहरुको ‘ बुद्धम् शरणम् गच्छामी ’ बोलको गीतमा रहेको नृत्य र कक्षा ९ का छात्राहरुको ‘यही हो मेरो देश नेपाल’ बोलको गीतमा रहेको नृत्य पनि त्यतिकै आकर्षक रहेको स्कुलका प्रिन्सिपल मणीराज भट्टराईले बताए ।
तपाईको प्रतिक्रिया