RUMPUM
animated ellipse animated ellipse

कटहरीमा माओवादीको चुनावी अभियान तीब्र

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०७९, शनिबार १९:३२
333
Shares
विराटनगर / स्थानियको तहको चुनाव नजिकिदै गर्दा मोरङको कटहरी गाउँपालिकामा माओवादी केन्द्रको चुनावको तयारीलाई तीब्र बनाएका छन् ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा माओवादी केन्द्रले टोलभेला हुँदै घरदैलो अभियानसमेत चलाउन थालेका छन् ।

माओवादीले उम्मेदवार टुंग्याउनु अघिनै एकसरो घरदैलो अभियान सम्पन्न गरिसकेको छ । टोल भेला सकेर एक पटक सबै घरमा पुगेर माओवादीले जनतासँग भोट मागेको माओवादी केन्द्र कटहरीका अध्यक्ष किशोर पाण्डेले जानकारी दिए ।

‘माओवादी केन्द्रले अहिले कटहरी गाउँपालिका भित्र चुनावी अभियान तीब्र रूपमा अगाडी बढाएको छ,’ उनले भने, ‘गाउँपालिका भित्रका घरहरूमा पुगेर माओवादीले आफ्नो एजेण्डा सुनाउँदै भोट माग्ने गरेको छ ।’ प्रतिनिधिसभाका सांसद अमनलाल मोदी, माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासलगयातका नेताहरूको उपस्थितिमा चुनाव प्रचार गर्दै टोलहरुमा पुगेका छन् ।

माओवादी केन्द्र मोरङका सदस्य पुजन देबि सरदारको संयोजक इन्द्रकला भट्टराइको सह–संयोजकमा कटहरीमा पाँच सय १ सदस्यीय निर्वाचन परिचालन समिति बनाएर अहिले चुनावी अभियानमा होमिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर