AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाली टोली दोस्रो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ माघ २०८१, मंगलवार ०८:५३
153
Shares
विराटनगर/ प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।

कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा कास्य पदक जितेका छन्।

उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको न्यू सेप कराँते एकेडेमीका खेलाडीहरूले १२ स्वर्ण, ५ रजत, र ४ कास्य पदक जित्दै बुढीगंगासहित नेपालको गौरव बढाएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले बताए।

अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक प्रभाकर राना मगरले खेलाडीहरूको परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शनको अपेक्षा व्यक्त गरे। बुढीगंगा गाउँपालिकाका अध्यक्ष मगरले प्रतियोगितामा विजयी भएर फर्किएका खेलाडीहरूलाई खादा र माला लगाई सम्मान साथै बधाई व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर