खबर पूर्वाञ्चल
कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा कास्य पदक जितेका छन्।
उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको न्यू सेप कराँते एकेडेमीका खेलाडीहरूले १२ स्वर्ण, ५ रजत, र ४ कास्य पदक जित्दै बुढीगंगासहित नेपालको गौरव बढाएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले बताए।
अन्तर्राष्ट्रिय कराँते प्रशिक्षक प्रभाकर राना मगरले खेलाडीहरूको परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शनको अपेक्षा व्यक्त गरे। बुढीगंगा गाउँपालिकाका अध्यक्ष मगरले प्रतियोगितामा विजयी भएर फर्किएका खेलाडीहरूलाई खादा र माला लगाई सम्मान साथै बधाई व्यक्त गरे।