खबर पूर्वाञ्चल
स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सवमा फन फेस्टा कार्यक्रम आयोजना गरेको हो ।
फन फेस्टामा विद्यार्थीहरूले तयार पारेका एक दर्जन बढी स्टलहरू रहेको थियो । विद्यार्थीहरूले पराम्परागत खाद्यबस्तु, विभिन्न घरयासी सामाग्रीहरू, खानाका परिकार र विज्ञान प्रर्दशनी पनि गरे ।
विद्यार्थीहरूमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्कुलले फन फेस्टा गरेको प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै पढाइमा सिकेको ज्ञानका कुराहरु व्यवर्हारमा उतारेको उनले बताए । ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सिप र संस्कारयुक्त शिक्षा हामीले दिने गरेका छौं,’ प्रिन्सिपल भट्टराईले भने, ‘पढाइका अलवा उनीहरूको क्षमता अभिवृद्धी गर्न अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिने गरिएको छ ।’
सोही अवसरमा शिक्षा र सामाजिक क्षेत्रमा उल्लेखिनय योगदान पु¥याउने दुई जनालाई सम्मान पनि गरे । मेरिल्याण्ड कलेजका अध्यक्ष गुणराज ढुङगेल र समाजसेवी मिना जोशीलाई स्कुलले सम्मान गरेको हो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशराज श्रेष्ठले सम्मान गरे ।
विद्यालयका अध्यक्ष बुद्धिबहादुर प्रधानको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडकालगायत विभिन्न विद्यायहरुका प्रिन्सिपल र शिक्षकहरुको उपस्तिथी रहेको थियो ।
तपाईको प्रतिक्रिया