खबर पूर्वाञ्चल
एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो । पार्टी भित्र आन्तरिक विवाद बढ्दै गएपछि एमालेको अधिवेशन मिति तय हुन सकेको थिएन ।
पार्टीको विधानले तोकिदिएको अवधि भने सङ्गठन कमिटीले समेत अधिवेशन गर्न सकेको थिएन । सङ्गठन कमिटी बनेको ६ महिना भित्रमा अधिवेशन गराउनु पर्ने एमालेको विधानमा उल्लेख छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये मोरङ बाहेकका जिल्लामा अधिवेशन सम्पन्न भईसकेको छ । एमाले मोरङको नवौं अधिवेशन २०७८ पुसमा भएको थियो ।