AArya
animated ellipse animated ellipse

विधि र प्रणाली अनुसार शासन व्यवस्था चल्नु पर्छ : मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ फाल्गुन २०७७, शनिबार १८:०५
1.26k
Shares
पिजडमा रहेको ‘सुगा’ लाई उडाएर कार्यकमको उद्घाटन गर्दै मन्त्री हिक्मतकुमार कार्की । तस्वीर : पुष्पराज थपलिया
मोहम्मद सदरुल
विराटनगर / जीवजन्तु र मानव बीच सुमधुर सम्बन्धले मात्र वातावरण राम्रो हुने धारणा प्रष्टाइएको छ । प्राणी शास्त्रले स्वस्थ्य जीवन यापन गर्न, वातावरण स्वच्छ राख्न जीवजन्तुको संरक्षण हुनु पर्ने सहभागीले बताएका छन् ।

प्राणीशास्त्र समाज नेपालले आज विराटनगरमा आयोजना गरेको एक दिने गोष्ठीमा सहभागीहरुले जनावरलाई स्वतन्त्र रुपमा विचरण गर्न मानव बाधक बन्नु नहुने कुरामा जोड दिएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पिजडमा रहेको ‘सुगा’ लाई उडाएर कार्यकमको उद्घाटन गर्दै नेपालको शासन व्यवस्था विधि र प्रणाली अनुसार नचलेकै कारण प्राकृतिक साधन, स्रोतको धनी भएर पनि गरीब भएको बताए ।

सामाजिक विकास मन्त्री समेत रहेका मन्त्री कार्कीले सफलताको सिढी विधि र प्रक्रिया भएकोले यसलाई मास्न दिन नहुने तर्क गर्दै प्रणाली बिग्रेमा सबै थोक बिग्रने भएकोले यसमा ध्यान दिनुपर्ने कुरामा जोड दिए । प्राणीशास्त्रमा अध्ययन एवं अनुसन्धान गर्ने जनशक्तिले खोज र अनुसन्धानका कुरा समाजमा पस्किनु पर्ने बताउँदै प्राणीशास्त्रमा अझ गहकिलो खोज र अनुसन्धान गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त्त गरे । उनले त्रिभूवन विश्व विद्यालयका प्रबुद्ध वर्गहरुले अनुसन्धान र खोजमा लागेर सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दै सर्वाधिक जनशक्ति , स्रोत र संरचना भएको प्राज्ञिक संस्थाका काम गर्ने कर्मचारीहरु चुप लागेर बस्न नहुने विचार व्यक्त्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले प्राणीशास्त्रको अध्ययन एवं खोज मानव जातिका लागि निकै उपयोगी हुने भन्दै समाजलाई अगाडि बढाउन प्राविधिक विषय मात्र प्रयाप्त हुन नसक्ने बताए ।
कार्यक्रममा प्राडा रामबहादुर थापा, प्राडा महेन्द्र महर्जन र विकास बरालले प्राणीशास्त्रको अध्ययनले समाजलाई मात्र नभएर जीवजन्तुको संरक्षण गर्न पनि मद्दत गर्ने विचार व्यक्त्त गरे ।

सोही अवसरमा प्राणीशास्त्रका प्राडाहरु रामबहादुर थापा, कालुराम राई, सुशिलकुमार झा, भरतराज सुब्बा, शिवनारायण यादव, राजेन्द्रप्रसाद यादव, मीनाकुमारी देव र योगेन्द्रनारायण दासलाई सम्मान एवं अभिनन्दन पनि गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर