डा. शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

खबर पूर्वाञ्चल, १८ कार्तिक २०७९, शुक्रबार १८:२०
216
Shares
विराटनगर/ मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई बहुजन शक्ति पार्टीले समर्थन गरेको छ ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका वरिष्ठ नेता कोइरालालाई आज मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभामा उमेदवारी दिएका बहुजन शक्ति पार्टीका नारायण पासवानले समर्थन गरेका हुन् । पासवानले प्रतिनिधिसभामा कांग्रेसका कोइरालालाई समथर्न गर्ने निर्णय गर्दै आफ्नो उमेदवारी निष्क्रिय बनाएको बताएका छन् ।

पासवानले प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास बोकेको पार्टी नेपाली कांग्रेसलाई समर्थन गर्न पाउँदा खुशी लागेको उल्लेख गरेका छन् । अब आफू र आफ्नो पार्टीका सबै कार्यकर्ता कांग्रेस उमेदवार कोइरालाको समर्थनमा चुनावी अभियानमा सक्रिय हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५