पूर्वाञ्चल खबर
विद्यालयले किताबी ज्ञानसँगै नेपाली संस्कृति, परम्परा र चाडपर्वको महत्वबारे व्यवहारिक शिक्षा दिने उद्देश्यले विद्यार्थीलाई टीका, जमरा र दक्षिणा प्रदान गरेको हो ।
विद्यालयका प्रिन्सिपल खड्ग राईले विद्यार्थीलाई हरेक चाडपर्वको महत्व र त्यससँग जोडिएका संस्कारबारे व्यवहारिक ज्ञान दिने गरिएको जानकारी दिए । चाडपर्वका माध्यमबाट विद्यार्थीलाई संस्कृति र परम्पराबारे जानकारी गराउनुका साथै असल संस्कार विकास गर्न विद्यालयले यस्ता गतिविधिलाई प्राथमिकता दिँदै आएको उनले बताए ।
यसैगरी, विद्यार्थीमा सानै उमेरदेखि बचत गर्ने बानीको विकास गराउने उद्देश्यले विद्यालयले उनीहरूलाई खुत्रुकेसमेत वितरण गरेको छ । खुत्रुकेमार्फत विद्यार्थीमा नियमित बचत गर्ने बानीको विकास गर्न र पैसाको महत्व बुझाउन सहयोग पुग्ने विद्यालयको अपेक्षा छ ।
कक्षा ५ सम्म सञ्चालित बाल संसार इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक ज्ञानसँगै विद्यार्थीको व्यवहारिक सीप, संस्कार र जीवनोपयोगी बानीको विकासमा जोड दिँदै आएको छ ।