भारतमा कोरोनाको नयाँ भेरियन्ट

खबर पूर्वाञ्चल, ३ असार २०७८, बिहीबार १८:५४

विराटनगर/ भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण भएको नयाँ भेरियन्टको पुष्टि भएको हो ।

नयाँ पुष्टि भएको भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलंगनालगायतका ठाउँमा पुष्टि भएको छ । डेल्टाबाट नै म्युटेशन भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, अहिलेसम्म यसको संक्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकहरुको भनाइ छ । यो भेरियन्टबारे थप अनुसन्धान भइरहेको छ । यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५