खबर पूर्वाञ्चल
उपाध्यक्षमा सुजन आचार्य र सचिवमा सुस्मा पहाडीलाई निर्वाचित गरेको छ । यस्तै सहचिवमा क्रमश विश्व सरदार, सुलभ पोखरेल र पिन्टु सन्याल चयन भए भने कोषाध्यक्षमा राधिका भुजेल चयन भइन् । २४ जना सदस्य चयन भएको नव निर्वाचित अध्यक्ष पोखरेलले जानकारी दिए।
अनेरास्ववियु प्रदेश १ का संयोजक गोकर्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले प्रदेश १ कमिटी सदस्य जितनारायण सरदार, मोरङ जिल्ला कमिटी सदस्य सुबास सरदार, अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरे, एमाले कटहरी गाउँपालिका कमिटी अध्यक्ष रामनारायण राजबंशी, अनेरास्ववियु महेन्द्र मोरङ्ग क्याम्पस कमिटीका अध्यक्ष सनिम ठकुरीलगायतका नेताहरुको उपस्थिती रहेको थियो ।