खबर पूर्वाञ्चल
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड र अरनिको कलेज विजयी सेमिफानलमा पूवेश गरेको छ ।
पहिलो खेलमा अर्किड कलेजले विकेभिएम स्कुललाई ४२ रनले पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित १४ ओभरमा ३ विकेट गुमाई १ सय ३१ रन जोडेको थियो । जस्मा महमद सवाजुल र सन्तोष चौधरीले ४१–४१ रन बनाउँदा साहिल शेखले ३७ रन बनाए । विकेभिएमका आदित्य बस्नेत, राज कामत र सुनिल यादवले समान १–१ विकेट लिए ।
१ सय ३४ रनको चुनौती पाएको विकेभिएले १३ दशमलव ५ बलमा सवै विकेट ९१ रनमा सिमित भयो । जस्मा अमन शर्माेले सर्वाधिक ३३ रनको योगदान दिए । अर्किडका म्यान आफ द म्याच निरज मण्डलले सर्वाधिक ५ विकेट लिए ।
दोस्रो खेलमा अरनिको कलेजले शिक्षदिप कलेजलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल बनाएको थियो । जस्मा म्यान अफ द म्याच रामनारायण यादवले सर्वाधिक ६१ रनमा अविजित रहे । शिक्षादिपकाप्रज्वल काफ्ले, प्रतिक पोखरेल,उदय कामत र सागर मण्डलले १–१ विकेट लिए ।
१ सय १८ रनको चुनौती पाएको शिक्षादिपले १४ दशमलव १ बलमा सवै विकेट गुमाई ५२ रनमा सिमित भयो । शिक्षादिपका आनन्द साहले १६ रन र कृष्ण झाले १४ रन जोडे । अरनिकोका सागर मोचीले सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै शहिद मैदानमा भएको फुटबल खेलमा अर्किड र कान्तिपुर कलेज विजयी भई क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमा अर्किड कलेज सिटी कलेजले ४–० को फराकिलो गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । अरर्किडका म्यान अफ द म्याच सागर विश्वकर्माले २ गोल तथा अनिष श्रेष्ठ र प्रनिल मगरले १–१ गोल गरे ।
दोस्रोे खेलमा कान्तिपुर कलेजले सगरमाथा कलेजलाई २–० को गोल अन्तरले पराजित गरि क्वाटरफाइनलमा प्रवेश गरेको हो । कान्तिपुरका म्यान अफ द म्याच युनिस मगर र सरोज साहले १–१ गोल गरे ।
त्यस्तै आजै भएको छात्र भलिबलमा रेड स्टार स्कुल र शिक्षादिप कलेज विजयी भई सेमिफानमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा रेड स्टारले पशुपति स्कुललाई २५–१७ र १६–२५ र २५–२३ को सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच रेड स्टारका प्रदिप खडका घोषित भए ।
दोस्रो खेलमा शिक्षादिप कलेजले बुद्ध स्कुललाई २७–२५ र २७–२५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुरेन्द्र खनाल घोषित भए ।
त्यस्तै छात्रा भलिबलमाकान्तिपुर कलेज र अर्किड कलेज विजयी भई सेमिफानमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा कान्तिपुरले अरनिको कलेजलाई २५–५ र २५–९ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरकी पवित्रा डाँगी घोषित भइन् ।
दोस्रो खेलमा अर्किड कलेजले बुद्ध स्कुललाई २५–११ र २५–१३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी रिमा मगर घोषित भइन् ।
त्येसैगरि आजै भएको कवडीमा मोडर्न एरा,विद्याभुमी, कान्तिपुर, अर्किड,शिक्षादिप र अरनिको कले विजइ भएका छन् ।
पहिलो खेलमा मोडर्न एराले विकेभिएम स्कुललाई ४२–२४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिक माझी घोषित भए ।
दोस्रो खेलमा विद्या भुमी स्कुलले पशुपति स्कुललाई ५१–३९ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विद्याभुमीका मदन चौधरी घोषित भए ।
तेस्रो खेलमा कान्तिपुर कलेजले नमुना स्कुललाई ८९–१४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका रोहितकुमार यादव घोषित भए ।
चौथो खेलमा अर्किड कलेजले सेन्ठ जोसेफ स्कुललाई ५५–२४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडका महमद आलम घोषित भए ।
पाँचौ खेलमा शिक्षदिप कलेजले विराट क्याम्पसलाई ४५–४४ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विराटका प्रेम मण्डल घोषित भए ।
छैटौ खेलमा अरनिको कलेजले जनक स्कुललाई ७०–३२ स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अरनिकोका निहाल यादव घोषित भए ।
तपाईको प्रतिक्रिया