animated ellipse animated ellipse

मोरङ अदालतले थप ६ वटा सेवा दिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७७, मंगलवार १९:३५
3
Shares
विराटनगर / विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गरिन लकडाउन गरिएको अवस्थामा जिल्ला अदालत मोरङले आजदेखि सामाजिक दुरी कायम गरि सावधानी अपनाउँदै ६ वटा थप सेवा प्रदान गर्ने भएको छ ।

उच्च अदालत बार एसोसिएसन, जिल्ला अदालत बार एसोसिएसन र मोरङ अदालतमा आज भएको छलफल अनुसार आधा दर्जन थप सेवा संचालन गरिने निर्णाय गरिएको हो ।

आजदेखि सञ्चालन हुने मिलापत्र गर्ने प्रयोजनार्थ प्रतिउत्तर पत्र र मिलापत्रको निवेदन साथ दर्ता हुन आएका मुद्दाको फिराद पत्र दर्ता गरिने भएको छ । यस्तै अंग पुगेका थुनुवा मात्र भएका मुद्दाहरुको सुनुवाई गर्ने, बन्दाबन्दी अघि वादी रूजु हाजिर रहेका एकतर्फि अंग पुगेको मुद्दाहरुको सुनुवाई गर्ने, बन्दाबन्दी अघि दर्ता भएका सम्पति रोक्का र फुकुवा सम्बन्धी निवेदन सुनवाई गर्ने, तहसिल शाखाले गरिने लगत कस्ने, दशी÷जिन्सी सामान फिर्ता र धरौटी फिर्ता दिने लगायतका कार्य र मिसिल संलग्न कागजातहरुको नक्कल उपलब्ध गराउने सेवा सुचारू भएको मोरङ अदालतका श्रेस्तेदार इश्वरमिण ओझाले जानकारी दिए । सार्वजानिक यातायात नखुलेसम्म वा अर्को आदेश नआए सम्मका लागि यस अदालतबाट प्रदान भइ आएका सेवा प्रवाहका अतिरिक्त सेवा थप गरिएको उनले बताए ।

यस अघि बन्दीप्रत्यक्षिकरणको निवेदन दर्ता र सुनवाई, अभियोग पत्र दर्ता र थुनछेक आदेश, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ बमोजिमको निवेदन उपर सुनवाई, बालबालिका अभिभावक जिम्मा लागउने निवेदन उपर सुनुवाई, म्याद थप सम्बन्धी कार्य, पक्राउ अनुमती सम्बन्धी कार्य, जरुरी पक्राउ पूर्जी सदर सम्बन्धी कार्य, प्रहरीद्धारा पक्राउ परी आएका फरार प्रतिवादीको थुनछेक सम्बन्धी कार्य हुदै आएको थियो । लकडाउन खकुलो भएसँगै जेठ २५ गतेदेखि चालु मुद्दाको मिलापत्र सम्बन्धी कार्य, बन्दाबन्दी अघि नै कसुर ठहर भईसकेका मुद्दाहरूको सजाय निर्धारण, विशेष प्रकृतिका निवेदन अन्तर्गतका अधिकृत वारेसनामा प्रमाणित गर्ने कार्य, मृत्युको न्यायिक घोषणा सम्बन्धी कार्य र संरक्षक नियुक्ति गर्ने कार्य मात्र भइरहेको अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर