RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०८०, मंगलवार ०९:३७
405
Shares
विराटनगर / मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परेर गम्भीर घाइते थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो । उनको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको छ।

कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए। काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ।

मोरङ जिल्ला प्रहरी प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार रामनरेश मरितासहित हालसम्म पाँच जनाको उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।

यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो। त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको डिएसपी दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर