पूर्वाञ्चल खबर
जिल्ला प्रहरी कार्यालय मोरङले आज मोरङका १४ सस्थानबाट निर्वाचन प्रहरीको बिदाई समारोह गर्ने क्रममा निर्वाचन प्रहरीको महत्वपुर्ण भुमिका रहेको सुरक्षा निकायका प्रमुखहरुले उल्लेख गरेका थिए । विदाई समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचन सुरक्षामा खटिएका प्रहरीको योगदान प्रशंसनीय रहेको बताए । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेलेको समेत उनले बताए ।
कार्यक्रममा निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि राष्ट्र र नागरिकको सुरक्षामा समर्पित भएर काम गर्न आग्रह गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि माघ १८ गते नियुक्ति पत्र दिएका ४ हजार ३ सय ८३ निर्वाचन प्रहरीलाई मोरङ जिल्लाको विभिन्न स्थानबाट बिदाई गरिएको बताए।
जिल्ला प्रहरी कार्यालय मोरङले नियुक्त गरेका ३ हजार १ सय २६ पुरुष र १ हजार २ सय ५७ महिला गरी ४ हजार ३ सय ८३ मध्ये १९ जना निर्वाचन प्रहरी बिचमै जागिर छोडेका थिए । ४० दिन खटिएका निर्वाचन प्रहरीलाई प्रमाण पत्र र अभिर लगाएर विदाई गरिएको थियो ।