RUMPUM
animated ellipse animated ellipse

देशभरीकै उत्कृष्ट सातमा पर्न सफल विराटनगरको मेरिल्याण्ड कलेज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ आश्विन २०७७, बिहीबार १९:०२
1.12k
Shares
विराटनगर /काठमाडौंको एक संस्थाले गरेको सर्वेक्षणमा विराटनगर स्थित मेरिल्याण्ड कलेज देशभरकै उत्कृष्ट सातौं कलेजमा पर्न सफल भएको छ ।

प्रत्येक वर्ष विभिन्न संस्थाले सर्वेक्षण गर्दा उत्कृष्ट कलेजको सुचीमा पर्दै आएको मेरिल्याण्ड यस वर्ष पनि उत्कृष्ट १० को सुचीमा परेको हो ।

हालै काठमाडौंस्थित केन्द्रविन्दु नामको संस्थाले देशभरका ११ र १२ कक्षा पढाइ हुने मावि(कलेज) को विभिन्न कोणबाट अध्ययन गरी सार्वजनिक गरको उत्कृष्ट २५ कलेजको नाम र विवरणमा मेरिल्याण्ड उत्कृष्ट सातौमा परेको हो । यति मात्र नभएर मेरिल्याण्ड प्रदेश नं १ र २ को सर्वोत्कृष्ट कलेजको रुपमा परेको छ ।

विगत १० वर्षको कक्षा ११ र १२ को परीक्षाको शैक्षिक परिणामलाई अध्ययन गरी उत्कृष्टको सुची तयार गरिएको केन्द्रविन्दु टोलीले जनाएको छ ।

टोलीले भनेको छ ‘उत्कृष्ट २५ को सुचीमा रहेका यी शैक्षिक संस्था मात्र अब्बल हुन् भनेर हामी ठोकुवा गर्दैनौं तर पनि यी शैक्षिक संस्थाहरुको शिक्षण प्रणाली राम्रो छ भनेर ढुक्कले भन्न सकिन्छ ।’

उत्कृष्टको पहिलोदेखि छैटौंसम्म काठमाडौं उपत्यकका पर्न सफल भएका छन् । जसअन्तर्गत उत्कृष्ट ६ मा क्रमशः प्रसादी एकेडेमी, ललितपुर, काठमाडौं मोडल कलेज बागबजार, सेन्ट जेभियर्स माइतीघर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, एनसीसीएस उच्च मावि, सेन्ट मेरिज मावि छन् ।

यस्तै उत्कृष्ट दश अन्तर्गत सातौमा मेरिल्यान्ड कलेज विराटनगर, आठौमा ट्रिनिटी इन्टरनेसनल कलेज नवौमा सगरमाथा मावि पोखरा र दशौंमा जेभियर इन्टरनेसनल कलेज परेका छन् ।

सातौंमा पर्न सफल मेरिल्याण्ड कलेजको बारेमा केन्द्रविन्दुले लेखेको छ – ‘२०५९ सालमा स्थापित विराटनगरको मेरिल्यान्ड सेकेन्डरी स्कुल व्यवस्थापन संकायमा मोफसलको सर्वोत्कृष्ट कलेज हो । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्यान्ड प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।

२०५९ सालमा स्थापित मेरिल्यान्ड विराटनगरले त्यसयता निरन्तर सफल परिणाम ल्याएर आफूलाई अब्बल सावित गरेको हो । प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल मेरिल्यान्ड प्रदेश नम्बर १ कै सर्वोत्कृष्ट शैक्षिक संस्था हो ।

अध्ययनमैत्री वातावरण बनाउन सफल यो संस्थाले प्रविधिमैत्री शिक्षा, नियमित आन्तरिक परीक्षा प्रणाली, आवश्यकता अनुसार वाह्रै महिना अतिरिक्त कक्षा, प्रोजेक्ट वर्क बेस लगायतका गतिविधि मेरिल्यान्डका विशेषता हुन् ।’

मेरिल्याण्डले २०७५ मा व्यवस्थापन विषय पढाउने देशभरीकै उत्कृष्ट कलेजको रुपमा सम्मान पाएको थियो । सो वर्ष विद्यार्थीद्वय निशा पोखरेल र पूजा शाहले ३.९२ जीपीए ल्याई नेपाल प्रथम भएका थिए ।

यस वर्ष कोभिड १९ को कारणले गर्दा कक्षा ११ को नयाँ भर्ना पक्रियालाई सुचारु राखेको मेरिल्याण्ड कलेजका प्राचार्य लक्ष्मण ढकालले बताए । कलेजले गरिव तथा जेहेन्दार विद्यार्थीलाई सतप्रतिशत छात्रवृत्ति पनि दिंदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर