खबर पूर्वाञ्चल
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट क्रिकेट मैदानमा आज भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ बलमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालको जितमा कुशल भुर्तेलले अर्ध सतकीय पारी खेले । भुर्तेलले ४८ बलमा २ छक्का र ८ चौका प्रहार गर्दै ७४ रन बनाउँदा कप्तान रोहीतकुमार पौडेल ३५ रनमा अविजित रहे । पौडेलले २४ बलमा २ छक्का र २ चौका प्रहार गर्दै गरे । त्यस्तै आशिफ शेखले २७ रनमा आउट हुँदा कुशल मल्ल ६ रनमा अविजित भए । सिंगापुरका अनन्थ कृष्ण र थिलिप थिलप्पनले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । सिंगाापुरका रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्काको मद्दतमा ४६ रन जोडे पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन् ।आर्यविर चौधरीले ३७ रन बनाए भने मनप्रित सिंहले २४ रनको योगदान गरे । नेपालका लागि अविनाश बोहराले ३ विकेड लिँदा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान २–२ विकेट लिए ।
तपाईको प्रतिक्रिया