पूर्वाञ्चल खबर
सस्थागत विद्यालयतर्फ गाँउपालिका कै कक्षा १२ सम्म सञ्चालित पहिलो विद्यालयको रुपमा रहेको यस विद्यालयले विगत ४ बर्ष देखि कक्षा ११ र १२ मा ब्यबस्थापन सङ्कायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।
दक्ष एवं अनुभवी प्राध्यापक हरुको समुहद्वारा अध्यापन हुने प्लस २ ब्यबस्थापन सङ्कायमा दैनिक ७ विषय पढाउने कोशी प्रदेशकै पहिलो विद्यालय रहेको प्राचार्य परेश पोखरेल बताउँछन् । सिमित विद्यार्थी, अभिभावकासँगको नियमित संबाद तथा सम्पर्क, निशुल्क अतिरिक्त कक्षाको ब्यबस्थाले गर्दा टङ्किसिनुवारी क्षेत्रका विद्यार्थीको पहिलो रोजाइमा जेभियर्स प्लस २ रहेको विद्यालयका प्लस २ को–अर्डिनेटर तुलसी खतिवडाले बताए । खतिवडाका अनुसार गत बर्ष प्रकाशित कक्षा १२ को बार्षिक परिक्षामा सर्वाेत्कृष्ट जिपिए सहित सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
समय सुहाउँदो शैक्षिक प्रणाली, अत्याधुनिक एवं ब्यबस्थित कम्प्युटर प्रयोगशाला, ११ र १२ पढ्ने विद्यार्थीलाई निशुल्क पुस्तकको ब्यबस्था, प्रयाप्त यातायातको सुविधाले , नियमित रुपमा खेलकुद एवं अतिरिक्त क्रियाकलापको आयोजनाले गर्दा यस क्षेत्रका कक्षा ११ र १२ मा ब्यवस्थापन सङ्काय पढ्न अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको विद्यालयका सहायक प्रधानाध्यापक जनक ढकालले बताए ।