AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ग्याङ फाइट हुँदा १० जना घाइते, १ जनाको अवस्था गम्भीर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ भाद्र २०७९, बुधबार १४:४६
8.16k
Shares
विराटनगर / विराटनगर–१२ मल्हन्वा टोलमामा दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् ।

हिजो साँझ गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप हुँदा १० जना घाइते भएका हुन् । घाईतेमध्ये एक जनाको अवस्था गम्भीर छ । पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् ।

राजवैशीको न्युरो अस्पतालमा उपचार भइरहेको छ भने अन्यको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् ।

कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । जिल प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर