खबर पूर्वाञ्चल
विराटनगरमा आज भएको प्रदेश भेलाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा हरीप्रसाद तिम्सिना, सचिव शम्भुप्रसाद पोरखेल, सह–सचिव रोहितकुमार भट्टराई, कोषाध्यक्ष गोविन्द निरौला रहेका छन् । समितिको सदस्यहरुमा राजकुमार साह, रमेश न्यौपाने, सुर्य निरौला, राजु मिश्र, विजय राई, भीम गौतम, हिमाल कार्की, दुर्गाप्रसाद तुम्रोक, सुरेश कटुवाल, घट्टराज भट्टराई, सन्तोष खड्का र राजिव ढुंगाना रहेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष देवेन्द्रबहादुर बस्नेतलले मुद्रण व्यवसायीहरु एकता हुनसकेमात्र व्यवसायीहरुको हकअधिकारी स्थापित गरेर लैजान सकिने बताए । अहिले पनि मुल्यमा एकरुपमा हुननसक्दा मनपरी मुल्य कायम भएको भन्दै उनले व्यवसायीहरु एक हुनुपर्ने बताए ।
नेपाल मुद्रण व्यवसायी महासंघ प्रदेश १ का नवनिर्वाचित अध्यक्ष घिमिरेले मुद्रण व्यवसायीहरुको हक हितमा लागि पर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्भव घिमिरे, मोरङका अध्यक्ष संजीव खनाल, समाजवादी प्रेस संगठन प्रदेश १ का अध्यक्ष बन्धु पोखरेललगायतले बोलेका थिए ।