प्रवेश परीक्षामा सफल विद्यार्थीलाई पोखरियाको सम्मान

खबर पूर्वाञ्चल, २९ मंसिर २०७९, बिहीबार १८:४४
3.28k
Shares
विराटनगर / सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मौका पाउँदा अव्वल प्रदर्शन गर्ने गरेका छन् । विभिन्न अध्ययन संस्थाको प्रवेश परीक्षामा भाग लिने कतिपय सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले संस्थागत विद्यालयका विद्यार्थीलाई उछिनेका छन् ।

यस्तै उदाहरण विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयबाट अध्ययन पुरा गरेका विद्यार्थीले पेश गरेका छन् । पोखरियाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरी देशका विभिन्न इन्जिनीयरिङ्ग अध्ययन संस्थाको प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ ।

विद्यालयले आज आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा १० जना विद्यार्थीलाई सम्मान गरियो । प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकालेर प्रशंसा पत्र एवं नगदबाट सम्मानित हुनेमा प्रज्ञा गेलाल, राजेशकुमार गुप्ता, नविन पोखरेल, प्रज्ञान घिमिरे,क्षितिज खनाल, निकिता कर्ण, पंकज मण्डल, प्रज्वल अधिकारी, आयूष लिम्बु र प्रज्ञान कोइराला रहेका छन् ।

विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय इकाइ मोरङ प्रमुख टंकप्रसाद गौतम, विराटनगर महानगरपालिका अन्तर्गतको नगर शिक्षा समितिका शाखा अधिकृत कृष्णप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई लगायतले प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई प्रशंसा पत्र र नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा इकाइ प्रमुख गौतम, शाखा अधिकृत भट्टराई, व्यवस्थापन अध्यक्ष गौतम, प्रधानाध्यापक भट्टराईले मन्तव्य राख्दै सामुदायिक विद्यालयका विद्यार्थीले चिकित्साशाष्त्र, इन्जिनियरिङ्ग अध्ययन संस्थाका प्रवेश परीक्षामा सफल हुनुले सामुदायिक विद्यालयले पनि गुणस्तर शिक्षाको क्षेत्रमा फड्को मार्दै गएको देखाएको बताए । वक्ताले उच्च शिक्षा अध्ययनपछि हासिल गरेको शिक्षालाई मर्यादित र अनुशासित भएर देशको हितमा प्रयोग गर्नु पर्ने सुझाव विद्यार्थीलाई दिए ।

सम्मानित विद्यार्थी गेलालले आफ्नो भविष्यको लक्ष्य निर्धारण गरेर अध्ययनमा आफूलाई समर्पित गर्नु पर्ने बताइन् । उनले अध्ययनलाई बढी समय दिई मनोरञ्जन र शिक्षाका लागि मात्र सामाजिक सञ्जालको प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरिन् । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३ हजार २ सय ६३ विद्यार्थी र प्राविधिक धारतर्फ १ सय ९२ जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५