animated ellipse animated ellipse

आर्थिक संकट मोचनको लागि सात बुदे सहमति : उपसभापति गुरुङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०८१, शनिबार १७:५३
27
Shares
विराटनगर / देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।

पूर्व मन्त्री समेत रहेका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको विराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले भने घाम ताप्न सातबुदे सहमति भएको होइनू । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुदे सहमति भएको भन्दै सात बुदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्फ पनि ध्यानाकर्षण गराए।

संविधान संसोधन पछि बाकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए। रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने तर्फ सचेत गराउदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताए। अर्को पाटिको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उनले नेपालीको दुश्मन गरिवी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गरे । उनले भने हाम्रो दुश्मन बेथिति,अराजक,भ्रष्टाचार हो,फरक झण्डा बोक्ने होइन,त्यसैले एक पाटिले अर्को पाटीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुश्मन विरुद्ध लड्नु पर्छ ।ू

प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पार्टी सभापति शेरबहादुर देउवासंग धेरै कुरा सिक्न सकिने तर्क राखे । उनले भने प्रजातन्त्रको लागि अहोरात्र लडेकै प्रजातन्त्रको सेनानी आज पार्टी सभापति हुनुहुन्छ । यो प्रजातन्त्र सेनानी संगठनको लागि गर्वको कुरा हो ।ू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर