animated ellipse animated ellipse

रंगेलीको संनसारी मन्दिरमा फुलपातीको वडाई सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ आश्विन २०७९, आईतवार १७:१९
342
Shares
रंगेली / मोरङको प्रसिद्ध धार्मिक स्थलको रुपमा चिरपरित सन्सारी माई मन्दिरमा प्रदेश स्तरीय फुलपातीका वडाई शुरु गरिएको छ ।

रंगेली वार्ड नम्वर ७ मा रहेको सो मन्दीरमा प्रदेश १ सरकारले तीन बर्ष अगाडि विजया दशमीको फुलपातीका दिन प्रदेश स्तरिय वडाई गर्ने निर्णय गरेपछि फुलपाती वडाइका लागी मन्दीर व्यवस्थापन समितिले फुलपाती बडाई सुरु गरेको छ ।

मन्दिरमा प्रदेश सरकाका मुख्यमन्त्री राजेन्द्रकुमार राई , प्रयर्टन मन्त्री खिनो लिम्बू , स्वास्थ्य मन्त्री जयराम यादव, नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , विभिन्न संस्था का प्रतिनिधि , विभिन्न भेषभुषासहितको झाँकी, लाखे नाँच , दमाई बाजालगायतको सहभागी समेत रहेको छ ।

संन्सारी माई मन्दिरबाट डोलीसहित फुलपाति लिएर रंगेली ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय नजिकैमा रहेको बेलको रुखमुनी बिधिवत पुजा गरेर उक्त रुखमा रहेको जोडि बेलमा पुजापाठ गरेर रुखामा लिस्नोको माध्यमबाट बेल काटेपछि बिधिवत रुपमा फुलपाती भित्र्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर