RUMPUM
animated ellipse animated ellipse

मानव विकास प्रदेश सरकारको प्राथमिकता: मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ मंसिर २०८०, मंगलवार १९:४८
63
Shares
दमक /कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रम धेरै गोष्ठी र छलफल चलाएपनि पनि घरका छोराछोरी लागूअ‍ौषध प्रयोगकर्ता छन् भने त्यहाँ शान्ति नहुने बताएका छन् ।

सरकारसँग अहिले सबैले विकास निर्माणका लागि नै बजेट माग्दै आउने गरेपनि मानवीय विकासको कुरा भने कसैले नगर्ने गरेको बताए । आज झापाको दमक नगरपालिकाले आयोजना गरेको लागूअ‍ौषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,“आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछ भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।”

मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताए । उनले पहिचानवादीको ढुंगा प्रहार हुन्छ भन्ने जान्दा जान्दै लागूअ‍ौषध प्रयोगकर्ता भएर जीवन बर्बाद गरिरहेकाहरुको संरक्षण गर्ने कार्ययोजनासहितको कार्यक्रममा सहभागी हुन झापा गएको बताए ।

दमक नगरपालिकाका मेयर राम थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रेगिना भट्टराई प्रसाईंले कार्यक्रम १५ लाख बजेटका आरम्भ भएको र कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन् । प्रहरीमार्फत प्रयोगकर्ता पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूअ‍ौषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान रहेको उनको भनाइ छ । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर