AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यबाट १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षण गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ श्रावण २०७९, बिहीबार १७:३९
450
Shares
विराटनगर / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाण्डौबाट निरीक्षण भ्रमणको क्रममा आएका प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षणको क्रममा उनले प्रदेश प्रहरी तालिम केन्द्रको प्रहरी ब्यारेक, मेष, पुस्तकालय, आन्तरीक एवंम बाह्य प्रशिक्षण कक्ष साथै प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट समेतको निरीक्षण गरेका छन् ।

निरीक्षण कार्यक्रम पश्चात आचार्यले तालिम केन्द्रमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी साथै सम्पूर्ण प्रशिक्षार्थी समेतलाई निर्दैशनको क्रममा तालिम केन्द्र नै प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुले वैज्ञानिक ढंगबाट प्रशिक्षण दिनु पर्ने बताए । प्रशिक्षार्थीहरु समेतले तालिममा सिकेका ज्ञानहरुको कार्यक्षेत्रमा अक्षरस पालना गर्न समेत उनले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर