पूर्वाञ्चल खबर
प्रदेश १ को विभिन्न अस्पतालमा पछिल््लो २४ घण्टामा २२ जना संक्रमणबाट मृत्यु भएको सामाजिक विकाश मन्त्रालयले जनाएको हो ।
मृत्यु हुनेमा ५ महिला र १७ पुरुष रहेको मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै झापाका ६, सुनसरीका ४ र इलाम र भोजपुरका १–१ जना तथा प्रदेश १ बाहिरका ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।
विराटनगरको नोवेल शिक्षण अस्पतालमा सवै भन्दा बढी ७ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै विराटनगरको न्यूरो कोभिड अस्पताल र धरानको विपि विज्ञान प्रतिष्ठानमा ३–३ जना , कोशी कोभिड उपचार केन्द्रमा २ जना, झापाको मेची कोभिड अस्पतालमा १ जना, अन्य आइसोलेनसमा ५ जना र होम आइसोलेनसमा १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।