खबर पूर्वाञ्चल
संघले प्रत्येक वर्ष होलीको कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्न अभिप्रेरित गर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले यस्ता चाडपर्वले सद्धवा एकता र भाइचारा कायम गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल, नेपाल औषधी व्यवसायी संघ मोरङका सल्लाहकार उद्धव घिमिरे, नेपाल औषधि प्रबन्धक संघ विराटनगर इकाईका उपाध्यक्ष सुबोध गौतम, मिलानका सचिब जितेन्द्र देब र नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चलका पूर्व अध्यक्ष सुवर्ण भक्त जोशिलगायतको सहभागिता रहेको थियो ।