खबर पूर्वाञ्चल
मोरङको विभिन्न चारवटा अस्पतालमा उपचारका क्रममा आज विहानभरमा चार महिला र छ जना पुरुषको मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा ५ जना,मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र विराटनगरको कोशी अस्पताल कोभिड उपचार युनिटमा २–२ जना कोशीकै कोभिड–१९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमध्ये छ जनाको मोरङका हुन् । तीमध्ये ४ जना विराटनगर र केराबारी तथा मिक्लाजुङका १–१ जना रहेका छन् ।
विराट शिक्षण अस्पतालमा विराटनगर महानगरपालिका–६ की ४८ वर्षीया महिलाको विहान ५ः३५ बजेतिर मृत्यु भएको छ । विराटका कोभिड अस्पताल इन्चार्ज सुनील देवका अनुसार परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि जेठ ३ गते भर्ना गरिएको थियो ।
सुनसरीको गढी गाउँपालिका–३ का ६५ वर्षीया वृद्ध पुरुषको पनि विहानका लागि १२ः२० बजेतिर मृत्यु भएको जानकारी देवले दिए । उनका अनुसार वृद्धलाई उपचारका लागि जेठ १० गते अस्पताल भर्ना गरिएको थियो ।
कोशी अस्पतालको कोभिड उपचार युनिटमा विराटनगर–१० का ६५ वर्षीया वृद्ध पुरुषको आज विहान ५ बजेतिर मृत्यु भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार वृद्धलाई उपचारका लागि जेठ ६ गते भर्ना गरिएको थियो ।
त्यस्तै सुनसरीको बर्जु गाउँपालिका–४ की ७० वर्षीया वृद्धा महिलाको पनि कोशीमै मृत्यु भएको छ । जेठ ८ गते उपचारका लागि भर्ना गरिएकी वृद्धाको उपचारका क्रममा विहान ४ बजेतिर मृत्यु भएको जानकारी डा. दासले दिए ।
कोशी अस्पतालकै कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–३ की ५६ वर्षीया महिलाको विहान ४ः४० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएकी महिलालाई जेठ ५ गते उपचारका लागि भर्ना गरिएको केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।
नोबेलमा विराटनगर महानगरपालिका–६ का ४५ वर्षीया पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचारका लागि जेठ ४ गते भर्ना गरिएका पुरुषको विहानका राति १२ः१५ बजेतिर मृत्यु भएको हो ।
मोरङको मिक्लाजुङ गाउँपालिका–९ का ६० वर्षीया पुरुषको विहान ८ः१५ बजेतिर मृत्यु भएको छ । उनलाई पनि उपचारका लागि जेठ ४ गते नै भर्ना गरिएको थियो ।
दाहालका अनुसार मोरङको केराबारी गाउँपालिका–७ का ८४ वर्षीया वृद्धा महिलाको विहान ५ः३० बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएकी वृद्धालाई उपचारका लागि बुधबार भर्ना गरिएको थियो । उपचार सुरु गरिएको २४ घण्टा पनि बित्न नपाउँदै वृद्धाको मृत्यु भयो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ५५ वर्षीया पुरुषको विहानका लागि १ः३० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि जेठ १० गते अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए ।
उनका अनुसार सप्तरी घर भएका ३४ वर्षीया पुरुषको पनि नोबेलमै मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २७ गते अस्पताल भर्ना गरिएको दाहालले बताए । उपचाररत पुरुषको विहान ५ बजेतिर मृत्यु भएको हो ।