मोरङको रंगेलीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा महिलाको शव भेटियो, हत्या आरोपमा देवर पक्राउ

खबर पूर्वाञ्चल, ५ जेष्ठ २०७८, बुधबार १६:०१

विराटनगर / मोरङको रंगेली नगरपालिका ३ मा एक जना महिलाको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ ।

रंगेली नगरपालिका–३ को नहरखण्डमा घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा आज विहान २४ वर्षीय अनिता यादवको शव फेला परेको हो ।

यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा छ । उनको दुई वर्षअघि विवाह भएको थियो । शव नहरमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । घाँटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यादवको हत्या आरोपमा प्रहरीले उनकै देवरलाई पक्राउ गरेको छ । यादवको शव फेला पर लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले हत्या आरोपमा१९ वर्षीय देवर विनोद यादवलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा विनोदको संलग्नता देखिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकका देवरसँगै श्रीमान बेचन यादव ,सासु विजुली यादव, र ससुरा रामु यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अनुसन्धानका क्रममा देवरले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका थिए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा देवरले नै हत्या गरेको देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘हत्याको कारण घर झगडा हो ।’

हिजो दिउँसो घरमा देवर भाउजूबीच विवाद भएको थियो । विवादपछि बेलुका महिला घरबाट घटनास्थलतर्फ जाँदै गर्दा देवर पनि पछिपछि पुगेका थिए । नहरको ढिलबाट लडाएर उनले धारिलो हतियार दाउ प्रहार गरेका थिए ।

‘महिला घरबाट निस्कँदा देवर पछिपछि गएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने, ‘मृतक महिला घरबाट कहाँ हिँडेको भन्ने खुलेको छैन ।’

हत्या आरोपी देवर विगतदेखि नै परिवारसँग झगडा गरिरहने देखिएको उनले बताए । हत्यापछि फरार रहेका विनोदलाई प्रहरीले घरबाहिर लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५