RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ आश्विन २०८०, सोमबार १७:२१
90
Shares
विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लागेका हुन् ।

सत्ता गठबन्धन र नेपाली काँग्रेसको आधिकारिक निर्णयविपरित एमालेको साथमा मुख्यमन्त्री बनेका उनीमाथि एमाले र गठबन्धनको दबाब बढ्दै गएपछि तत्काल विश्वासको मत लिन लागेका हुन् । आफूसहित काँग्रेसका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका उनलाई सत्ता गठबन्धनले स्वीकार गरेर गठबन्धन कायम राख्ने निर्णय गरेको छ भने एमालेले आफूहरुसँग भएको सहमतिका आधारमा मात्र अगाडि बढ्नुपर्ने दबाब दिइरहेको छ ।

एमालेका उपनेता रामबहादुर मगर र आफूसँग कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई आइतबार आफ्नो शपथसँगै विनाविभागीय मन्त्री नियुक्त गरेका कार्कीले आफ्नो आगामी रणनीतिबारे केहि बताएका छैनन् । नेपाली काँग्रेसका नेता शेखर कोइरालाको योजनामा विद्रोह गरेका कार्कीलाई अब गठबन्धनकै सहयोगमा अगाडि बढाउने लिखित सहमति शेखरसहित माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले गरिसकेका छन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन । विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था अनुसार आजै प्रदेशससभामा सूचना दर्ता गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर