animated ellipse animated ellipse

खारेजीको माग राख्दै विराटनगरमा पहिचानवादीको आन्दोलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०८१, आईतवार १९:०२
81
Shares
विराटनगर / कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुनः पहिचानको आन्दोलन ब्युँतिएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आज दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन ब्युँतिएको हो ।

प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट महेन्द्र चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरे । उनीहरुले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै निकालेको ¥याली महेन्द्र चोकमा कोणसभा गरे ।

नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन पूर्व मूख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो । पहिचानवादीको प्रदर्शनलाई ध्यानमा राखेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी हालसम्म पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भयो भने १५० भन्दा बढी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर