AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजले एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ कार्तिक २०८१, मंगलवार १६:४६
882
Shares
विराटनगर / विराटनगरमा रहेको भानु कलेजले एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको छ ।

खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नामा निकालेको भन्दै कलेजले विशेष सम्मान गरेको हो । देश भरिबाट करिब १६ हजार विद्यार्थीले दिएको परीक्षामा खड्काले ३२ औं स्थानमा नाम निकाल्न सफल भएकोले सम्मान गरेको कलेजले जनाएको छ ।

कोशी प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ख्याती कमाउँदै आएको भानु कलेजले सयौंको संख्यामा डाक्टर, इन्जिनियर तथा बैङ्करहरु उत्पादन गरिसकेको छ । यस भन्दा पहिले आइओएम महाराजगन्जमा एमबीबीएस तर्फ आस्ना भण्डारीले १४ औं स्थानमा नाम निकालेकी थिइन् । गत साल मात्र भानु कलेजकी पूर्व विद्यार्थी सुभाँगी सुवेदी संसारका उत्कृष्ट २५ जना वैज्ञानिकहरुको सूचीमा छनोटमा परी पचास हजार अमेरिकी डलर पुरस्कार रासी जित्न सफल भएकी थिइन्।

मेडिकल, इन्जिनियरिङ लागि नियमित रूपमा तयारी कक्षाहरू संचालन गर्दै आएको भानु कलेज विज्ञान तथा व्यवस्थापन शिक्षाका लागि पर्याय बन्दै गएको र अभिभावक तथा विद्यार्थीहरुको पहिलो रोजाई बन्दै गएको कलेजका प्रिन्सिपल मोहन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर