खबर पूर्वाञ्चल
विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको आरोपमा प्रहरीले सहनीलाई पक्राउ गरेको हो ।
सहनीलाई विराटनगरको बसपार्कबाट पक्राउ गरिएकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
सहनीले कात्तिक ४ गते विहानका राति ३ बजेतिर फरक क्षमता भएका गुरुङलाई आक्रमण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट गुरुङको दुवै हात भाँचिएको छ । टाउकोलगायत शरीरमा विभिन्न भागमा गहिरो चोट लागेको छ । गुरुङ बोल्न र सुन्न सक्दैनन् । इसाराले मात्रै कुरा गर्न सक्छन् । आक्रमण गरेर उनको साथमा भएको २० हजार रूपैयाँ नगदसमेत लुटपाट गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोरखाबाट विराटनगर–१६ दरैया आएका गुरुङलाई रोडशेषबाट सीटी सफारीमा राखेर बसपार्क हुँदै महेन्द्र चोक पश्चिमस्थित नयाँ गोल्डेन अस्पतालपछाडि पुर्याएर बाँसले निर्घात कुटपिट गरिएको डिएसपी जोशीले बताए । मरणासन्न हुने गरी कुटपिट गरी २० हजार रूपैयाँ लुटपाट गरेर गुरुङलाई छाडिएको प्रहरीको भनाइ छ । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।
सीसी क्यामेरा फुटेज अध्ययन गरी घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको डिएसपी जोशीले बताए । पक्राउ परेका सहनीविरुद्ध कुटपिट तथा अंगभंग शीर्षकमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए ।
तपाईको प्रतिक्रिया