चार महिनादेखि सम्पर्कविहिन भएकी लुम्बिनीकी प्रदेश सांसद विमला वलीविरुद्ध उनकै दुई नाबालक छोराहरुबाट अदालतमा अंश मुद्दा दायर

खबर पूर्वाञ्चल, ७ भाद्र २०७८, सोमबार १८:२८

रुपन्देही / चार महिनादेखि सम्पर्कविहिन भएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्रीविरुद्ध उनकै दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ ।

परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद वलीविरुद्ध उनकै नाबालक दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुवा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरिएको हो ।

दाङ जिल्ला अदालतका श्रेस्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३ –०७८ –००३६२ रहेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमारका साहिँला दाजु हन् ।

निवेदक अमरबहादुरले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमलबाट उत्तरकुमारका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अदालत पुगेको बताएका छन् ।

‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला, तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्, त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो,’ उनले भने । उनले थपे, ‘अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई नै थाहा छ । पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो । त्यसैले निवेदन पेश गरेको हुँ ।’

नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमारको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

केही दिनअघि एक वाइसीएल कार्यकर्ताले आफ्नो फेसबुकमा विमलासँगको रोमान्टिक तस्वीर सार्वजनिक गरेका थिए । विवादमा आएपछि उनीहरु दुवैले त्यो तस्वीर ‘एडिटेड’ भन्दै ढाकछोपको प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५