RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८०, सोमबार १३:४३
513
Shares
विराटनगर / राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा माओवादी केन्द्रका चम्पादेवि कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेशको राजधानी विराटनगरमा आज विहानै १० बजेर २१ मिनेटमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिटौलाले उम्मेदवारी दर्ता गरेका थिए । सिटौलाले साइत हेरेर उम्मेदवारी दर्ता गरेका थिए भने १२ बजेतिर माओवादी केन्द्रकी उम्मेदवार कार्कीले उम्मेदवार दर्ता गरेकी हुन् ।

सिटौलाको प्रस्तावकमा काँग्रेसका प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा काँग्रेसकै प्रदेशसभा सदस्य हिमाल कार्की छन् । यस्तै कार्कीको प्रस्तावकमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र समर्थकमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य रामकुमार खत्री छन् ।

सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार कोशीमा हुन लागेको राष्ट्रियसभाको २ पदमध्ये अन्यतर्फ सिटौलाले र महिलातर्फ कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर