RUMPUM
animated ellipse animated ellipse

शाहन्साहको पेशी भोलि हुदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ फाल्गुन २०८०, बुधबार १६:२१
468
Shares
विराटनगर /अब्दुल खताब भनिने शाहन्साह सिद्धिकी र अरुण राठीको पेशी तोकिएको भोली विहिबारलाई तोकीएको छ ।

नेपाल टाइम्सका संस्थापक तथा सञ्चालक सिद्धिकी झन्डै १५ महिनादेखि प्रहरीको हिरासत हुदै जिल्ला अदालतबाट पुर्पक्षको निम्ति मोरङ कारागार रहेका छन् । लामो समयदेखि फैसला कुरेर बसिरहेका शाहन्साहको पेशी विहिबारलाई तोकीएको हो ।

घटना २०७९ मंसिर १४ गते घटेको थियो भने मंसिर १८ गते जाहेरवाला अरुण राठीले प्रहरीमा शाहन्साहको बिरुद्ध जाहेरी दिएका थिए । २०७९ साल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालयमा आफुलाई उपस्थित गराएका शाहन्साहलाई अदालतले २०७९ साल पौष २८ गते पुर्पक्षको लागि थुनामा राखेको छ । उनका ड्राइभर जयकुमार रामलाई १ लाख रुपैया धरौटीमा छोड्ने आदेश दिएको थियो ।

राठीले आरोप लगाएको जस्तो कसुर आफुले नगरेको बताउने शाहन्साह दुई साझेदार बीच भएको आपसी मतभेदको कारण आफु कारागारमा बस्नु परेको बताउछन् । उता नेपाल टाइम्सका साझेदार अरुण राठीले प्रहरीमा दिएको उजुरी अनुसार, शाहन्साहले उनलाई चुनावी भिडियो बनाउने बहानामा २०७९ मंसिर १४ गते अपहरण गरि शरीर बन्धक बनाइ फिरौती लिएको अभियोग छ । यो मुद्दाले अहिले राम्रै सामाजिक संजाल तताएको अवस्था छ भने मुद्दाको बिषयले धेरैको ध्यानाकर्षण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर