AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा २ सय ४२ सहित प्रदेश १ मा थपिए ५ सय ५६ जना कोराना संक्रमित, संक्रमितको संख्या १८ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ कार्तिक २०७७, बुधबार १८:३५
576
Shares
विराटनगर / मोरङमा २ सय ४२ सहित प्रदेश १ मा आज ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार २ सय ५० पुगेको छ ।

मोरङ बाहेक सुनसरीमा १ सय ९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ७१ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६४ महिला र १ सय ७ पुरुष छन् । मोरङको उर्लाबारीमा १३, सुन्दरहरैचामा १२, बेलबारीमा ९, पथरीशनिश्चरेमा ८, मिक्लाजुङमा ५, बुढीगंगा र रतुवामाईमा ४–४, सुनबर्षी र कटहरीमा ३–३, रंगेली, केराबारी, कानेपोखरी र लेटाङमा २–२, ग्रामथान र जहदामा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इटहरीमा ९७, धरानमा ६६, इनरुवामा २१, दुहवी, रामधुनी र गढीमा ३–३, बराहक्षेत्रमा २, बर्जु, देवानगञ्ज, कोशी र भोक्राहानरसिंहमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २७, मेचीनगरमा ११, गौरादह र विर्तामोडमा १०–१०, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ३, अर्जुनधारा, बुद्धशान्ति र कनकाईमा २–२, भद्रपु र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको चौदण्डीगएमा ३, कटारीमा २ र त्रियुगामा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, साँगुरीगढी र छथरमा १–१, संखुवासभाको चैनपुर र मकालुमा २–२, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुमको लालीगुराँसमा २ र म्याङलुङमा १ र प्रदेश १ बाहिरका १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा आज ६ सय ९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय ८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१९ महिला र ३३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर