AArya
RUMPUM
animated ellipse animated ellipse

बट्लरको किताब ‘उद्यमशीलताः एक परिचय’ नेपालीमा आउँदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०८२, सोमबार १७:५१
90
Shares
विराटनगर/ बेलायती अर्थशास्त्री इमन् बट्लरको किताब ‘एन इन्ट्रोडक्सन टु एन्टरप्रेनरशीप’ को नेपाली अनुवाद ‘उद्यमशीलताः एक परिचय’ प्रकाशित हुने भएको छ।

बेलायतस्थित एडम स्मिथ इन्स्टिच्युटका सह–संस्थापक एवम् निर्देशक समेत रहेका अर्थशास्त्री बट्लरको किताब विकल्प एन अल्टरनेटिभ र वी रिड प्रकाशनको सहकार्यमा नेपाली भाषामा प्रकाशन हुने भएको हो।

कोशी सन्देश डटकमका संवाददाता निशान्त ढुङ्गानाले किताबको नेपाली अनुवाद गरेका हुन्। किताबमा उद्यमशीलता प्रति चासो राख्न किन आवश्यक छ भन्ने कुराको व्याख्या, उद्यमशीलताले नयाँ आविष्कार र समृद्धिमा राख्ने अर्थ, उद्यमशीलताको मुख्य विचार र उद्यमीलाई आवश्यक प्रोत्साहनलगायतका कुराहरू समावेश छन् । त्यस्तै, किताबमा उद्यमशीलताको वास्तविक आर्थिक भूमिका र यसका विभिन्न सिद्धान्त, उद्यमशीलताको आर्थिक, सामाजिक महत्व र विश्वका विभिन्न पेशामा उद्यमशीलताको आश्चर्यजनक व्यापकता, उद्यमशीलताको किसिम, उद्यमशीलताले नियमन अनावश्यक प्रभावमा पार्दाको खतरा र उद्यमशीलता बाट फाइदा लिन कसरी उपर्युक्त नीति निर्माण गर्ने वातावरण बनाउनु पर्छ लगायतका विचारहरू समावेश छन्।

विकल्प एन अल्टरनेटिभका संस्थापक एवम् कार्यकारी निर्देशक वसन्त अधिकारीले किताब असार महिना भित्र बजारमा आइसक्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर