बाबुछोराबीचको विवादमा बाबुको हत्या

खबर पूर्वाञ्चल, २९ चैत्र २०७७, आईतवार १४:४८

विराटनगर / विराटनगर–८ बलुवाईमा बाबुछोराबीचको विवादमा बाबुको हत्या भएको छ ।

छोरासँगको झगडामा बलुवाइ गाउँका ५४ वर्षीय विको सहनी मुखियाको । शनिबार मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार राति बुबा छोराबीचको विवादका क्रममा माइलो छोरा रविले धकेल्दा मुखिया लडेका थिए, र उनको घाँटीमा बासको भाटाले छेडेको थियो । धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

घटनापछि २५ वर्षीय रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । विकोका तीन छोरा र एक श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५