AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ट्राफिक प्रहरीसँग मिलेर ‘माक्स’ अभियान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ भाद्र २०७८, शुक्रबार १३:४५
558
Shares
विराटनगर / विभिन्न संघसंस्थाले ट्राफिक प्रहरीसँग समन्वय र सहकार्य गर्दै अनिवार्य माक्स लगाउने अभियान सुरू गरेको छ ।

पछिल्लो समय विराटनगरसहित प्रदेश १ मा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण बढ्दै गएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङसँग समन्य गर्दै नेपाल सोनार समाज सेवा समिति मोरङ र ग्यास व्यवसायी महासंघ मोरङले विराटनगरमा अनिवार्य माक्स लगाउने अभियान सुरू गरेको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि थप संक्रमण फैलिन नदिन ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अभियान सुरू गरिएको नेपाल सोनार समाज सेवा समिति मोरङका अध्यक्ष महेशकुमार स्वर्णकारले बताए । समाजका विराटनगरसहित विभिन्न स्थानमा पुगेर सडकमा हिँड्नेदेखि सवारी साधानमा चढेनेसम्मलाई अनिवार्य माक्स लगाउन सचेतनाको जागरुक गराउँदै अभियान सुरू गरेको उनले बताए ।

मोरङ ट्राफिक प्रहरीले पनि महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण बाहिर जान थालेको र पछिल्लो समय माक्स पनि नलगाई हिडडुल गर्न थालेपछि सचेतना अभियानसँगै विराटनगरको ट्राफिक चौकमा ‘माक्स बैंक’ स्थापना गरि अनिवार्य माक्स लगाउने अभियान सुरू गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रहरी निरीक्षक चन्द्र खड्काले जानकारी दिए ।

माक्स लगाउँदा मात्र पनि कोरोना भाइरस संक्रमण केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने भन्दै प्रहरीले अनिवार्य माक्स अभियान सञ्चालन हो । ट्राफिक प्रहरीले ट्राफिक चौक, हाटखोला, बसपार्कलगायतको विभिन्न चौकहरूमा अनिवार्य माक्स लगाउने अभियान सुरू गरेको छ ।

विभिन्न सामाजिक संघसंस्था र प्रहरीको सुरू गरेको अनिवार्य माक्स अभियान धेरै सकारात्मकरुपमा भएको विराटनगर ९ का वडाअध्यक्ष विश्वनाथ भगतले बताए । प्रहरी र सामाजिक संस्थाले थालेको यस अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर