सहकारीले वचतसँगै संस्कार पनि सिकाउनु प¥यो : मन्त्री यादव

खबर पूर्वाञ्चल, २५ पुष २०७८, आईतवार १७:५१

विराटनगर / प्रदेश १ सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले संस्कार सिकाउनु पर्नेमा जोड दिएका छन् ।

जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन् । सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने उनले बताए । सहकारी विपन्न वर्गका लागि सहरा भएको मन्त्री यादवले बताए ।

मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताए । उनले भने,‘ सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ ।’ मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएको समेत बताए । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई उनले आग्रह गरे ।

साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनश्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५