AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भरौल गोल्डकपमा राजारानी क्लबको बिजयी सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ चैत्र २०७८, शनिबार २०:००
108
Shares
सुनसरी / धनकुटाको राजारानी फुटबल क्लबले पाँचौ अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।

सुनसरीको बराहक्षेत्र ५ स्थित भरौल खेलमैदानमा आज भएको उद्धघाटन खेलमा कञ्चनजंगा फुटबल क्लब भारतलाई ४–१ गोल अन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

राजारानीका लागि शिशिर लेखी र मनिष थापाले २–२ गोल गरे । लेखीले खेलको २७ औ र ३५ औ मिनेटमा गोल गरे । थापाले ३० अ‍ौ र ४७ औ मिनेटमा गोल गरेका थिए । कञ्चनजंगाको लागि पुजन सुब्बाले ८२ औ मिनेटमा सान्तवना गोल गरे । आजको खेलको म्यान अफ द म्याच राजारानी क्लबका शिशिर लेखी घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए ।

भोलीको खेल बिन्दबाशिनी फुटबल क्लब बिराटनगर र रेडहर्ष क्लब इलाम बिच हुने आयोजकले जनाएको छ । न्यू स्टार फुटबल क्लव भरौलले आयोजना गरेको गोल्डकप यसअघि दुई बर्ष कोरोना भाइरस संक्रमणका कारण हुन सकेको थिएन । प्रतियोगीतामा दुई भारतीय क्लब सहित नेपालका ८ टिमको सहभागीता रहेको क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३ लाख र उपबिजेताले १ लाख ५० हजार पुरस्कार पाउनेछन । सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार र बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीले नगद १० हजार पाउनेछन । यस्तै प्रत्येक खेलको म्याच अफ द म्याचले नगद ५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर