animated ellipse animated ellipse

प्रदेश १ का सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ असार २०७७, सोमबार १२:१२
3
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षकहरु प्रविधिमा सवल बन्दै गएको बताएका छन् ।

शिक्षकहरुले सामुदायिक विद्यालय प्रतिको हेराईलाई जवाफ दिएको उनले बताए । सामुदायिक विद्यालय भन्ने वित्तिकै अंगे्रजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाईलाई शिक्षकहरुले दर्विलो जवाफ दिएको मन्त्री घिमिरेको भनाई छ ।

प्रदेश १ का शिक्षकहरुको अनलाईन परियोजना प्रस्तुती कार्यक्रममा आज मन्त्री घिमिरेको सो कुरा बताएका हुन् । उनले लकडाउनको अवधिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिए । मन्त्री घिमिरेले उत्कृष्ट प्रस्तुतीलाई सम्मान गरिने समेत बताए । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले लकडाउनको अवधिमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब्धिमुलक काम भएको बताए ।

इक्वालिटी फाउण्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माणमा प्रदेश १ सरकारले शुरु गरेको कार्यको प्रशंसा गरे । सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुरु गरेको कार्यको संघीय शिक्षामन्त्री पनि प्रशंसा गरेको आफुले पाएको उनले बताए । २ महिनाको अवधिमा शिक्षकहरुले सूचना प्रविधिको क्षेत्रमा ठुलो उपलब्धि हाँसिल गरेको कार्यकारी निर्देशक अधिकारीले बताए । सामाजिक विकास मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि संवन्धि अनलाईन शिक्षक तालिम सञ्चालन गरेको थियो । परियोजना कार्यप्रस्तुती कार्यक्रममा ४ सय बढीको सहभागिता रहेको थियो ।

प्रदेश १ का विभिन्न विद्यालयका शिक्षकहरुले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिकलगायतका विषयको प्रस्तुती प्रस्तुत गरेका थिए । तालिममा सहभागी शिक्षकमध्ये ५० प्रतिशत बढीले परियोजना कार्य गर्न सक्ने भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर