खोटाङ सामाजिक सेवा मञ्चद्वारा राहत वितरण

खबर पूर्वाञ्चल, १७ जेष्ठ २०७७, शनिबार १७:१५

विराटनगर / खोटाङ सामाजिक सेवा मञ्च विराटनगरले लकडाउनबाट प्रभावित विद्यार्थी र मजदुरलाई राहत वितरण गरेको छ ।

साढे २ महिनादेखि जारी लकडाउनका कारण खोटाङ घर भई विराटनगरमा अध्ययनका क्रममा बसोबास गर्ने विद्यार्थी र मजदुरलाई मञ्चले आज राहत वितरण गरेको हो । प्रतिव्यक्ति १५ किलो चामल, २ किलो आलु, १ लिटर तेल, १ किलो दाल र एउटा साबुन वितरण गरिएको मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ले जानकारी दिए । “लकडाउनका कारण खोटाङ घर जान नपाएका विद्यार्थी र डेरामा बस्ने मजदुरलाई थोरै भए पनि सहयोग पुगोस् भनेर राहत वितरण गरेका हौं,” अध्यक्ष मार्सेलीले भने ।

मञ्चका सल्लाहकार महेश रेग्मी, गोपाल खटवाल, विमला घिमिरे, अध्यक्ष मार्सेली, सचिव घनश्याम पोखरेललगायतले राहत वितरण गरेका थिए । मञ्चमा आबद्ध सदस्य र सल्लाहकारहरुको सहयोगमा ५० जनालाई राहत वितरण गरिएको मञ्चका सचिवसमेत रहेका राहत वितरण समितिका संयोजक पोखरेलले बताए । खोटाङबाट विराटनगरमा आएर स्थायी रुपमा बसोबास गर्नेहरुले समाजसेवा गर्ने उद्देश्यका साथ मञ्च स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५