प्याजको कालोबजार गर्ने विराटनगरका दुई व्यापारी ८० हजार धरौटीमा रिहा

खबर पूर्वाञ्चल, ९ आश्विन २०७७, शुक्रबार १९:२८

विराटनगर / विराटनगर – ९ पुरानो गुद्रीमा प्याजको कालोबारी गरेको आरोपमा पक्राउ गरेका विराटनगरका दुई जना व्यापारी ८० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

पक्राउ परेका विराटनगर महानगरपालिका ९ का ३८ वर्षीय सञ्जयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षीय मुकेशकुमार सहनी जनही ४०÷४० हजार रुपैयाँ धरौटी रकम बुझाएर आज रिहा भएका हुन् ।

भारतले निर्यात बन्द गरेको बहानामा मूल्य अत्याधिक बढाएर प्याजको कालोबजारी गरेको आरोपमा विराटनगर ९ पुरानो गुद्रीमा तरकारीको व्यापार गर्दै आएका उनीहरूलाई मोरङ प्रहरीले स्ट्रिङ अप्रेसनमा असोज २ गते पक्राउ गरेको थियो । प्रहरीले ४ असोजमा जिल्ला प्रशासन कार्यालय मोरङमा कालोबजारी र केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत मुद्दामा सात दिनको म्याद थप गरि अनुसन्धान प्रतिवेदन आज बुझाएको थियो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको इजालशले पक्राउ परेका दुवै जनालई जनही ४०÷४० हजार धरौटीमा छोडन आदेश दिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनले तोकेको धरौटी रकम सोही दिन बुझाएर उनीहरू रिहा भएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्ता र सहनीले ४१ रुपैयाँमा खरिद गरेर ९५ रुपैयाँमा प्याज विक्री गरेको मोरङ प्रहरीले गरेको स्ट्रिङ अप्रेसनमा फेला पारेको थियो । पक्राउ परेका गुप्ताले विजयकुमार योगेस पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट खरिद मूल्य भन्दा दोब्बरमा प्याजको विक्री वितरण गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५