काम गरेको पैसाँ माग्दा नदिएपछि साथीको हत्या, दुई पक्राउ

खबर पूर्वाञ्चल, १ जेष्ठ २०७८, शनिबार १६:३८

विराटनगर/ काम गरेको पैसाँ माग्न जाँदा बादविदा हुँदा मोरङको लेटाङमा दुई जना साथी मिलेर आफ्नै साथीको हत्या गरेका छन् ।

लेटाङ ३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षिय दिलबहादुर लिम्बुले ढेड वर्ष अगाडी काम गरेको पैसाँ माग्न जाँदा नदिएपछि मोरङको लेटाङ नगरपालिका ३ का २२ वर्षीय आफ्नै साथी रोमन राईको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको हो ।

रोमनको हत्या आरोपमा इलाका प्रहरी कार्यालय लेटाङ्गले नेपाली र लिम्बुलाई आज विहान पक्राउ गरेको छ ।

पक्राउ परेका लिम्बु र नेपाली रोमनसँग काम गरेको पैसाँ माग्न शुक्रबार राती साढे ८ बजे घर पुगेका थिए । ढेड वर्ष अगाडी काम गरेको पैसाँ माग्ने क्रममा उनीहरुविच आपसी विवादका क्रममा रोमनको पेटमा लिम्बुर नेपालीले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएका प्रहरीले जनाएको छ । राईलाई गम्भिर घाइते बनाएपछि उनीहरू फरार भए । रोमनका आफन्तले उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होममा ल्याउने क्रममा बाटोमा राती साढे १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

छुरा प्रहरा गर्ने दुई जना र मृत्यु हुने रोमन तीनै जना साथी हुन् । ढेड वर्ष अगाडी रोमनले ट्याक्टर भाडामा लिएर ढुंगा, गिट्टीको काम गर्थे । रोमनले लिएको ट्याक्टरमा सुशिल र दिलबहादुरले काम गर्दै आएका थिए । ‘त्यही काम गरेका पैसाँ माग्न जाँदा बादविदा हुँदा झगडा भएको देखिएको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसी मानबहादुर राईले भने, ‘कति पैसाँ लिनुपर्ने भएकोेले झगडा भएको त्यो खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’ काममा लगाए पनि आफूहरुले पाउनुपर्ने पैसा लामो समयदेखि नदिएकाले छुरा हानिएको उनीहरुले प्रहरीलाई बताएका छन् । पैसाको विषयलाई लिएर दुवै जनाले राईसँग विवाद सुरु गरेको र त्यही विवाद उग्रबन्दै गएर हत्यासम्मको घटनामा परिणत भएको पाइएको डीएसपी राईले जानकारी दिए ।

रोमनलाई आक्रमण गर्नुअगाडी लिम्बु र नेपालीले मदिरा सेवन पनि गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय लेटाङको प्रहरी टोलीले खोजतलास गरि उनीहरुलाई आज विहान २ बजे लेटाङदेखि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हत्या गरिएका राई टयक्टर भाडा लिएर काम गर्न छोडेपछि लेटाङमै पुल हाउस सञ्चालन गरेर बस्थे । यसअघि उनले ट्याक्टर लगायतका ढुवानीका साधनको खोजी गरेर ढुङ्गा, बालुवासमेतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

 

 

आईसोलेसनमा बसेका मोरङका पत्रकारलाई नि ः शुल्क टेलिमेडिसिन सेवा
विराटनगर– कोरोना संक्रमण भएर आईसोलेसनमा बसेका मोरङका पत्रकारलाई नि ः शुल्क टेलिमेडिसिन सेवा उपलब्ध हुने भएको छ । क्युरा हेल्थले बिशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श (टेलिमेडिसिन सेवा) नि ः शुल्क उपलब्ध गराउने भएको हो ।

महामारीको समयमा अस्पताल वा क्लिनिक जा“दा सरुवा रोग कोभिड लगायतका संक्रमणहरु सर्ने सम्भावना हु“दा टेलिमेडिसिन सेवा मार्फत सेवा लिन सकिने जनाइएको छ । सामान्य लक्षण भएका संक्रमित पत्रकारहरुलाई अस्पताल जानुपर्ने बाध्यात्मक अवस्था आइनपरोस भनेर क्यूरा हेल्थले यस्तो सुविधा नि ः शुल्क दिन लागेको क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जयश्री जाजुले बताइन् । कोरोना संक्रमणपछि उत्पन्न हुनसक्ने डर, त्रास र संक्रमितको मनोअवस्थालाई दृष्टिगत गरी आवश्यक मनोसामाजिक परामर्श समेत उपलब्ध गराइने उनले बताइन् ।

टेलिमेडिसिन सेवा प्राप्त गर्न क्यूरा हेल्थको मोबाइल एप्लिकेशन डाउनलोड गर्नुपर्ने जाजुले बताइन् । उनले भनिन, ‘एपमा देखाइए अनुसार कोभिड–१९ खण्डमा गई सूचिकृत भएका चिकित्सकहरुस“ग एपोइटमेन्ट लिनुपर्छ र चिकित्सकहरुबाट सेवा प्राप्त गर्न सकिने जनाइएको छ ।’

यसैबीच क्यूरा हेल्थस“गको सहकार्यमा नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) विराटनगर शाखा र पत्रकार महासंघ मोरङ शाखाले प्लाज्मा दान गर्न चाहने र प्लाज्मा आवश्यक भएका व्यक्तिहरुलाई सम्पर्क गराउन छुट्टै वेभ लिंक संचालनमा ल्याएको छ ।

एनवाईइएफ विराटनगर अध्यक्ष युनेशराज श्रेष्ठले कोरोना महामारीका कारण अहिलेको अवस्थामा सवैजना मानिसहरु त्रसित बनेको र प्लाज्मा दान गर्न चाहने व्यक्तिहरु पनि अन्यौलमा परिरहेको बताए । उनले प्लाज्मा दान गर्न चाहने व्यक्तिहरुले सो वेवसाइटमार्फत आफ्नो विवरण संलग्न गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले यस्तो व्यवस्थाले विवरण उल्लेख गरेपछि प्लाज्मा आवश्यक पर्ने व्यक्तिहरुले सम्पर्क गर्न सक्ने र संक्रमणको बेला प्लाज्मा दान गर्ने व्यक्तिहरुको विवरण थाहा पाउन सहज हुने बताए । अध्यक्ष खनालले अस्पतालहरुमा उपचाररत संक्रमितहरुका लागि सामाजिक सञ्जालहरुमा प्लाज्मा आवश्यक भएको सूचनाहरु धेरै आउन थालेकोले प्लाज्मा दिन इच्छुकहरुलाई आफ्नो विवरण उल्लेख गरिदिन पनि आग्रह समेत गरे ।

क्यूरा हेल्थकी प्रबन्ध निर्देशक जाजुले भनिन, ‘प्लाज्माका बारेमा सामाजिक सञ्जालहरुमा धेरै सूचना तथा जानकारीहरु देखिरहेका छौं, प्लाज्मा दान गर्न इच्छुक व्यक्तिहरु अगाडि आइदिनु होला, दानले कसैको ज्यान बच्न सक्दछ’ उनले भनिन्, ‘यी सवै कुरालाई हेरेर हामीले प्लाज्मा दानकर्ताहरुलाई हाम्रो वेवसाइटमा गएर हेरेर आफ्नो जानकारी तथा विवरणहरु भरिदिन हुन अनुरोध गरेका छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC-2078
RBB-2078
Arniko
BHANU COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५