पुष्पराज थपलिया
विराटनगर / उद्योग संगठन मोरङले आयोजनामा विराटनगरमा जारी विराट एक्स्पोमा शुक्रबार राती गायिका अस्मिता अधिकारीको गितले उपस्थित दर्शकलाई नचाएको थियो ।
विराटनगर १४ स्थित डिग्री क्याम्पसको खेल मैदानमा माघ १२ गतेदेखि शुरु भएको ‘विराट एक्स्पो २०२५’ मा शुक्रबार राती ८ बजे गायिका अस्मिता अधिकारीले आफ्नो पहिलो तिम्रो मायाले बाधेर राख गित गाएर एक्स्पोमा प्रस्तुति दिँदा दर्शक नाचेका थिए ।
अहिलेकी युवा पुस्तामा निकै नै लोकप्रिय गायिका अधिकारीले को होला त्यो मसँग, टाडा भएपनि मेरो माया, काले केटा, साली मन पर्यो , यो माया होइनरलगायत आफ्नो लोकप्रिय गितले एक्स्पो उपस्ति दर्शकल भरपुर मनोरञ्जन दिएका थिए । अधिकारी भन्दा अगाडी विराटनगरका लोकप्रिय गायक सौरभ भट्टराईले प्रस्तुती दिएका थिए । तस्वीहरु पुष्पराज थपलिया